तेस्रो डिएभी बिसीए इन्टर कलेज फुटसल कपको तयारी पूरा
काठमाडौं– डिएभी बिसीए कलेजले आयोजना गर्ने अन्तर–कलेज फुटसल कपको तयारी पूरा भएको छ । यही पुस २९ गते सुरु हुने फुटसल कप डिएभी कलेज परिसरमा सञ्चालन गरिनेछ । खेल आयोजनाको जिम्मेवारी डिएभी बिसीए कलेज सम्बद्ध वीज्जी डिएभीएन्स् क्लबले लिएको छ ।
तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बि.सी.ए. कलेजहरूका ३२ टीम सहभागी हुनेछन् । प्रथम विजेता टीमलाई एक लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ ।
दोस्रो विजेता टिमलाई ७५ हजार नगद पुरस्कारसहित ट्रफी मेडल र सर्टिफीकेटद्वारा सम्मान गरिनेछ । साथै व्यक्तिगत तर्फ, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ट्रफीद्वारा सम्मान गरिनेछ ।