१० मुलुकका पर्यटकले नेपालपेबाट भुक्तानी गर्न सक्ने
काठमाडौं– नेपाल भ्रमणमा आउन १० मुलुकका पर्यटक तथा बासिन्दाले नेपाल पेको क्युआर मार्फत् यहाँ भुक्तानी गर्न सक्ने भएका छन् ।
चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ । चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे, मन्गोलियाको हाइपे, पिलिपिन्सको जी क्यास, थाइल्याण्डको ट्रु मनी, सिंगापुरको छान्जीपे लगायतबाट यसरी भुक्तानी गर्न सकिने भएको हो ।
यहाँका बिक्रेता (मर्चेन्ट)हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क नलाग्ने बताइएको छ । यसले स्थानीय व्यापारीको पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने, पर्यटकले भौतिक मुद्रा साथमा बोकेर हिड्न नपर्ने र नेपाली अर्थतन्त्रलाई डिजिटल्ली लैजान सहज हुने विश्वास गरिएको छ ।