महालक्ष्मी विकास बैंकको सहयोग
![](https://www.karobardaily.com/wp-content/uploads/2025/01/Mahalaxmi-B-Bank.jpg)
काठमाडौं– महालक्ष्मी विकास बैंकले झापाको दमकमा सञ्चालित अटिजम केन्द्रलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन र पूर्वाधार निर्माणलगायतका विषयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले सो सहयोग गरेको हो ।
बैंकको दमक शाखाद्वारा सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको अटिजम सिकाई केन्द्रलाई शैक्षिक क्रियाकलाप प्रभावकारी बनाउन कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । विद्यालयमा आयोजित कार्यत्रममा सो सामग्री हस्तान्तरण गरिएको हो । हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थी यस कार्यबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरिएको हो ।