कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं– कुमारी बैंकले विराटनगर महानगरपालिका मोरङको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएडसँगको साझेदारीमा ‘देशै भरी वर्षै भरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा बैंकले उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।
वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनय सहितका सन्देशमूलक भिडिओ, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।