Logo

भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्था निर्माण सुरु

वीरेन्द्रनगर– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले तीन जिल्लामा भूकम्पबाट क्षति भएका सरकारी संरचना निर्माण गर्न पहल थालेको छ । जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था तथा विद्यालय छनोटको काम पूरा भएसँगै रुकुम पश्चिमको पनि टुंगो लागेको हो । रुकुम पश्चिममा रहेका स्वास्थ्य संस्था र विद्यालयको टुंगो लागेसँगै अब प्रदेश सरकारले निर्माणमा चरणमा सहज भएको छ ।

रुकुम पश्चिममा २७ वटा विद्यालय र पाँच वटा स्वास्थ्य निर्माणका लागि प्रदेश सरकारले निर्णय गरेको छ । ३२ वटा निर्माण योजनाका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । चौरजहारी नगरपालिका–६, मूलपानीको जनज्योति आधारभूत विद्यालय र सोही वडाको खागलस्थित जनकल्याण आवि, वडा–१३ को जनकल्याण आवि रातामाटाको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा–५ को माध्यमिक विद्यालय खहरेको भवन निर्माणमा ७० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसै गरी आठबिसकोट नगरपालिका–१४ को सरस्वती आवि, वडा–१३ को बालसेवा आवि, वडा–१२ को त्रिवेणी आवि, वडा–१२ कै नेपाल राष्ट्रिय मावि, वडा–११ को आधारभूत विद्यालयको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा–१० सरस्वती आविको भवन निर्माणका लागि ५० लाख रकम छुट्याइएको छ । सानीभेरी गाउँपालिका–११ मा रहेको जनकल्याण मावि, सोही वडाको शिव आवि र वडा–१० को सरस्वती माविको भवन निर्माणका लागि प्रतिविद्यालय ७५ लाख र वडा–३ को बालकल्याण आवि र वडा–८ को जनसहयोग आविको भवन निर्माणका लागि ७०/७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसै गरी बाँफीकोट गाउँपालिका–१० मा रहेको बालहित मावि र वडा–५ मा रहेका रत्न आविको भवन बनाउन ७५/७५ लाख र वडा–६ मा रहेको सिद्धार्थ माविको भवन निर्माणका लागि ७० लाख रकम छुट्याइएको छ । त्रिवेणी गाउँपालिकाको वडा–८ मा रहेको जनप्रिय मावि र वडा नं. ५ को प्रतिविद्यालय ७५ लाख र वडा–९ को हिमालय जनता मावि र वडा–२ को त्रिवेणी माविको भवन निर्माणका लागि ७०/७० लाख रुपैयाँ प्राप्त भएको छ ।

मुसीकोट नगरपालिका–२ स्थित महाकाली मावि र वडा–१ मा रहेको बाल विकास आविको भवन निर्माण गर्न ७५/७५ लाख र वडा–१३ को सरस्वती आवि र वडा– १४ मा रहेको जन आविको भवन निर्माणका लागि ७०/७० लाख रुपैयाँ विनियोजन भएको छ । २७ वटा विद्यालय भवन निर्माण गर्नका लागि १९ करोड ६० लाख र पाँच सरकारी स्वास्थ्य संस्था निर्माणका लागि दुई करोड ४० लाख रुपैयाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

स्वास्थ्य संस्थातर्फ सानीभेरी गाउँपालिका–९ स्थित आधारभूत स्वास्थ्य चौकी, वडा–४ स्थित गरायला स्वास्थ्य चौकी र आठबिसकोट नगरपालिका–१३ को आधारभूत स्वास्थ्य केन्द्र छनोट भएका छन् । यहाँ भवन बनाउन प्रतिस्वास्थ्य संस्था ५० लाख बजेट व्यवस्थापन भएको छ । त्यसैगरी आठबिसकोट नगरपालिका–१४ को सहरी स्वास्थ्य सेवा केन्द्र र चौरजहारी नगरपालिका–५ को विजयश्वरी स्वास्थ्य चौकी भवन निर्माणका लागि ४५/४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जाजरकोट र सल्यानबाट भूकम्पबाट भत्किएका भौतिक संरचना निर्माण गर्न टेन्डर समेत भइसकेको छ । जाजरकोटको बारेकोट–६ को सीता माध्यमिक विद्यालयलाई ७५ लाख विनियोजन गरिएको छ । बारेकोट–२ को जनज्योति आधारभूत विद्यालय अर्यनलाई ५० लाख, बारेकोट–९ स्थित दिपेन्द्र माध्यमिक विद्यालय सक्लालाई ७५ लाख, बारेकोट–७ सुवाकोटलाई ७५ लाख, बारेकोट–१ बयालमा रहेको भगवती आधारभूत विद्यालयलाई ५० लाख विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताए ।

त्यस्तै नलगाड नगरपालिकामा नलगाड नगरपालिका–६ स्थित निर्मल ज्योति आधारभूत विद्यालयलाई ७० लाख, नलगाड–८ को पञ्च भयार माध्यमिक विद्यालयलाई ७० लाख, नलगाड–७ को त्रिभुवन प्राथमिक विद्यालयको भवन निर्माण गर्न ७० लाख, नलगाड–३ को कैलाशकन्या आधारभूत विद्यालय ४५ लाख विनियोजन गरिएको छ । यता, भेरी नगरपालिका–१० स्थित भैरव आधारभूत विद्यालय भुरचौरलाई ५५ लाख, भेरी नगरपालिका–७ को सूर्यज्योति आधारभूत विद्यालय मिथेन्ग्रालाई ६० लाख, भेरी–३ स्यालास्थित विजय प्राथमिक विद्यालय ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

छेडागाड नगरपालिकाको छेडागाड नगरपालिका–७ टिकाचौरमा रहेको भानुभक्त आधारभूत विद्यालय निर्माण गर्न ७५ लाख, छेडागाड–१० स्थित सरसस्वती आधारभूत विद्यालय काफ्लाको भवन निर्माण गर्न ६० लाख, छेडागाड–९ राजिकोट स्थित शान्ति आधारभूत विद्यालयको भवन निर्माण गर्न ६० लाख र छेडागाड–४ को दिपेन्द्र आधारभूत विद्यालय चौरजेवाको भवन निर्माण गर्न ६० लाख रकम विनियोजन गरी अख्तियारी दिइएको छ ।

कुशे गाउँपालिका–२ स्थित मान्नेढुंगा माध्यमिक विद्यालय टालेगाउँलाई ७५ लाख, त्यस्तै वडा–८ को नेपाल राष्टिय प्राथमिक विद्यालय भवन निर्माण सँटालाई ७५ लाख, वडा–६ को छहरागाउँस्थित पुतली प्राथमिक विद्यालयको भवन निर्माणका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै शिवालय नगरपालिकामा पाँचवटा विद्यालय बन्ने भएका छन् । जनता प्राथमिक विद्यालय शिवालय–८ लाई ६० लाख, नेरा मावि शिवालय–२ सिस्नेलाई ६० लाख, शिवालय–२ कालिका प्राविलाई ६० लाख, नेपाल राष्ट्रिय मावि शिवालय–१ लाई ५५ लाख र शिवालय–६ को सरस्वती माविलाई ४५ लाख रकम विनियोजन गरी अख्तियारी प्रदान गरिएको छ ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा ५ वटा विद्यालय निर्माण हुने भएका छन् । जसमा जुनिचाँदे–५ को जय गौरव प्रावि खातीगाउँलाई ६५ लाख, वडा–२ को सरस्वती आधारभूत विद्यालयलाई ७५ लाख, वडा–२ को भैरव माविलाई ७५ लाख, वडा–८ को पदन ज्योति माविलाई ७५ लाख र वडा–९ को कालिका प्रावि लातालाई ४५ लाख विनियोजन गरिएको छ । जाजरकोटमा २२ वटा विद्यालय पहिलो चरणमा निर्माण हुन लागेका हुन् । बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाई कठर रुससिललाई ५० लाख रुपैयाँमा भवन निर्माण गर्न लागिएको छ ।

त्यस्तै वडा–४ को जिरीमा रहेको सामुदायिक स्वास्थ्य एकाईलाई ५० लाखमा निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । नलगाड नगरपालिका–१२ को भगवती स्वास्थ्य चौकी औलगुत्तालाई ५० लाख, वडा–४ को स्वास्थ्य चौकी लहँलाई ४५ लाख विनियोजन गरिएको छ । भेरी नगरपालिका–२ को स्वास्थ्य चौकी बाहुनथानालाई ४० लाख, वडा–६ को गंगटियालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीलाई ५० लाख, वडा–८ को सामुदायिक स्वास्थ्य एकाई रुवलाई ५० लाख, वडा–६ को सुवानाउली स्वास्थ्य एकाईलाई ४५ लाख रकम विनियोजन गरिएको छ । त्यस्तै जुनिचाँदे गाउँपालिका–२ स्थित मजकोट स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख, वडा नम्बर ११ को कोताङ स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी सल्यानको दामा गाउँपालिकामा चारवटा विद्यालय निर्माण हुने भएका छन् ।

दार्मा गाउँपालिका–५ स्थित अन्नासक आधारभूत विद्यालयलाई ७५ लाख, वडा नम्बर ४ को कालिका आधारभूत विद्यालयलाई ७५ लाख विनियोजन गरिएको छ । सिद्धकुमाख गाउँपालिकाको ४ सागिनेमा रहेको जनसेवा आधारभूत विद्यालयलाई २५ लाख र शारदा नगरपालिका–५ को जनकल्याण आधारभूत विद्यालयलाई २५ लाख रकम विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाहरूमा कुमाख गाउँपालिका–३ सामुदायिक स्वास्थ्य एकाई निर्माण गर्न ५० लाख, बागचौर नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न २५ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्