Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

अन्तरराष्ट्रिय बजारमा बिहीबार एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा आठ सय रुपैयाँले बढेको छ भने सोही परिमाणको चाँदी पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुन बिहीबार एक लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्