महालेखा नियन्त्रक मैनालीलाई महाकवि देवकोटा पुरस्कार «

महालेखा नियन्त्रक मैनालीलाई महाकवि देवकोटा पुरस्कार

महालेखा नियन्त्रक गोपीनाथ मैनालीलाई यस बर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार एवं सम्मान प्रदान गरिएको छ । साहित्यकार समेत रहेका मैनालीलाई नित्यराज प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर रुपमा समर्पित भएर योगदान गष्रेको भन्दै सम्मान गरिएको हो ।
बनेपामा मंगलबार आयोजित कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. डां दिनेशराज पन्तको उपस्तिीमा उनलाई सम्मान गरियो ।
दशकौदेखि साहित्यको प्रतिष्ठा बढाउन गरेको योगदानका लागि नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले बताए । २०४० सालदेखि निरन्तर रुपमा साहित्य सिर्जनामा लागेका मैनालीका अवसाद अभिनयी निबन्ध, आँखाभरि रमिता मनभरि वेदना नियात्रा, युव कवि सिद्धिचरणः कृत्ति र प्रवृत्ति विश्लेषण समालोचना, अपेक्षा र अनुमति निबन्ध लगायतका नौ कृतिसहित फुटकर रचनाहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्