एनआईसी एसिया बैंकद्वारा पुस्तकालय हस्तान्तरण
काठमाडौं– एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको पुस्तकालय उद्घाटन गरिएको छ । बैंकले चितवनस्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गरेको हो ।
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न बैंकले पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरेको हो । पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक/शिक्षिका लाभान्वित हुने बताइएको छ ।
बैंकले पुस्तकालय भवनहरू निर्माणका लागि दुई करोड पाँच लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुस्तकालय भवन निर्माणपछि विभिन्न विद्यालयमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।