जेइको जेसिक्स इन्डिभिजुअल–ह्विल ड्राइभ
काठमाडौं– एसपिजी अटोमोबाइल्सले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ–रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभ (फोर–बाइ–फोर) टेस्ट ड्राइभ एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सम्पन्न गरेको छ । सो टेस्ट ड्राइभ च्यालेन्जमा, नेपालको पहिलो इलेक्ट्रिक अफ–रोड एसयुभि जेइको जे सिक्स इन्डिभिजुअल–ह्विल–ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ ।
यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभाग सजिलै पार गर्न सक्छ भन्ने प्रमाणित भएको कम्पनीको दावी छ । गोकर्णमा सम्पन्न कार्यक्रममा अफ–रोड पारखी, तथा ड्राइभरको उत्साहजनक सहभागिता रहेको बताइएको छ । विशेष रूपमा तयार गरिएको अफ–रोड ट्र्याक मुख्य आकर्षण रह्यो ।
ट्रयाकलाई अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोध, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्रयाकमा जे सिक्स इन्डिभुजुअल–ह्विल–ड्राइभले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको बताइएको छ । ओमोडा एन्ड जेइको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स हो ।