नेपाल एसबिआई बैंकको सहयोग
काठमाडौं– नेपाल एसबिआई बैंकले पोखरास्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिर पुनर्निर्माणका लागि सो रकम सहयोग गरेको हो ।
उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुंगाका लागि खर्च गरिनेछ । कार्यक्रममा बैंकका अध्यक्ष जयती बन्सलले मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीलाई सहयोग रकम हस्तान्तरण गरिन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, सञ्चालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पण्डा र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आएको छ ।