ग्लोबल आइएमईले १८ हजार वृक्षरोपण गर्ने
काठमाडौं– ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी अभियानको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षरोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवा रोप्ने बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।