केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग
काठमाडौं- केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले ‘नो हर्न प्लीज,’ ‘नो स्टपिङ,’ ‘स्पीड लिमिट’ र ‘नो पार्किङ’ जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ । जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने केएनपी नेरोलेककाे विश्वास छ ।
यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ । सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ ।