स्मार्टच्वाइस र हाम्रो पेबीच सम्झौता
काठमाडौं– भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पेबीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । योसँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् ।
त्यस्तै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने भएका छन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।
सो सम्बन्धी सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोखरेलले हस्ताक्षर गरेका हुन् । स्मार्ट क्यूआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्काल फछ्र्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात् हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न झनै सजिलो हुने जनाइएको छ ।