जस्मिन पेन्ट्सको बिक्री प्रबन्धकमा सानिमा क्याटिल
काठमाडौं– जस्मिन पेन्ट्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका पाँच लाख कित्ताले हुन आउने पाँच करोड बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतामा जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । जस्मिन पेन्ट्स मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो यसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोबार र बजार विस्तार गर्दै आएको छ ।