Logo

पोखरा विराटनगर माघ २० देखि सीधा हवाई उडान हुने

पोखरा काठमाडौं, पोखरा–भैरहवा, पोखरा भरतपुर सीधा हवाई सेवा दिँदै आएको बुद्ध एयरले पोखराबाट बिराटनगरमा पनि हवाई उडान गर्ने भएको छ ।
आगामी माघ २० गते (फेब्रुअरी ३ तारिक) बाट पोखरादेखि विराटनगर र विराटनगरदेखि पोखरा हवाई उडान गर्ने तयारी गरिएको बुद्ध एयरलायन्स कम्पनी पोखराका स्टेसन म्यानेजर गौतम बरालले बताए । देशका विभिन्न सहरहरू जोडिएसँगै पर्यटन प्रबद्र्धन हुने भएको उनले जनाए ।
उनले भने, “पहिलो चरणमा हामीले एउटा १८ सिट क्षेमताको जहाजबाट पोखरा विराटनगर सीधा हवाई उडान गछौं, यात्रुको चाप र माग भएमा पुनः हवाई उडान तथा ठुलो सिट क्षमताका जहाज समेत राख्न सक्छौं ।” नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रबद्र्धन गर्नसमेत पोखरादेखि विराटनगरलाई सीधा हवाई सेवामा जोड्न लागेको स्टेसन म्यानेजर बरालले बताए । उनका अनुसार पोखरा बिराटनगरको हवाई उडान शुल्क करिब ७ हजार लाग्ने भएको छ ।
पोखरामा बुद्ध एयरले पनि माउन्टेन फ्लाइट दृश्यावलोकनका लागि हवाई जहाज चार्टरसमेत गर्दै आएको छ । करिब ३० मिनेटको माउन्टेन फ्लाइटमा हाल १६ सिटे जहाज प्रयोग गरिएको उनले बताए । उनका अनुसार गत वर्ष सन् २०१९ मा करिब १ सय ५० भन्दा बढी माउण्टेन फ्लाइट भएको छ ।
माउन्टेन फ्लाइटअन्तर्गत अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका लगायतका हिमश्रृंखनाको नजिकै पु¥याउने गरेको स्टेसन म्यानेजर बरालले जनाए । प्रतिपर्यटक (नेपाली) ८ हजारदेखि (विदेशी) ९ हजार ५ सयसम्मको शुल्क पर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्