Logo

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं– सार्वजनिक यातायातको भाडा बढेको छ । सोमबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ । भाडा निर्धारणका विभिन्न १३ वटा सूचक रहेका छन् । यसअघि गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो ।

यस्तो छ नयाँ भाडादरको सूची :

प्रतिक्रिया दिनुहोस्