सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवाविस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियामा १०३ औं शाखारहित बैंकिङ सेवाप्रारम्भ गरेको छ ।
फतुवा विजयपुर नगरपालिकाकी उप–मेयर कान्तीदेवी महतोले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी वृजकिशोरप्रसाद यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रतिउल्लेखीय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।