कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं- कुमारी बैंक लिमिटेडले युएसएडसँगको साझेदारीमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षणमा २०० सय भन्दा बढी महिला तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेल र बुढानीलकण्ठ नगरपालिका वडा नंं. ४ का अध्यक्ष श्रीराम के.सी.को उपस्थिती थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंं. ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडा अध्यक्ष के।सी।ले बताए ।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरि नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।