Logo

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा मित्तल

काठमाडौं– नेपाल मुद्रा विप्रेषक संघले रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको १९औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

सभामा निवर्तमान अध्यक्ष चन्द्र टण्डनले पेश गरेको प्रगती प्रतिवेदन संशोधनसहित पारित भएको थियो । टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए ।

नयाँ कार्यसमितिको पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय सिग्देल, महासचिवमा दिवाकर पौडेल, कोषाध्यक्षमा सञ्जिवकुमार पाठक र सचिवमा रामेश्वर सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विमल महत, श्यामप्रसाद लामिछाने, मधुसुदन न्यौपाने र सुदन सिं सिलवाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्