Logo

महिला सहकारी संस्थाको २९औं साधारणसभा

काठमाडौं– महिला सहकारी संस्थाका विभिन्न सेवा केन्द्रले २९औं साधारणसभा सम्पन्न गरेका छन् । भक्तपुरको सूर्यविनायक र सल्लाघारी सेवा केन्द्रले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएका हुन् ।

साधारणसभामा आ.व. २०८०/०८१ मा कुल कर्जा लगानी एक अर्ब ६१ करोड ६९ लाख लगानी गरी एक अर्ब २३ करोड ७ लाख सेयरधनी सदस्यबाट निक्षेप संकलन गरेको जानकारी दिइयो । त्यसैगरी वित्तीय संस्थाबाट ३ करोड ११ लाख कर्जा लिई विपन्न वर्गमा कर्जा प्रवाह गरेको बताइएको छ ।

संस्थाको सेयरपुँजी ७ करोड ४८ लाख रुपैयाँ छ भने कुल सम्पत्ति २ अर्ब १२ करोड २४ लाख पुगेको छ । सहकारीको जम्मा दायित्व एक अर्ब ५९ करोड र कुल इक्वीटी ५३ करोड २१ लाख रहेको साधारणसभामा जानकारी दिइयो । आ.व. २०८०/०८१ मा खुद सञ्चालन आम्दानी १७ करोड ७१ लाख र सञ्चालन मुनाफा चार करोड ५० लाख आर्जन गर्न सफल भएको सहकारीले जनाएको छ ।

संस्थाले आर्जन गरेको मुनाफाबाट बाँडफाँटका लागि लागि योग्य मुनाफा २ करोड ९१ लाख ३८ हजार वितरण योग्य मुनाफाको बाडफाड १ करोड ६२ लाख ८० हजार रहेको बताइएको छ । सेयर लाभांस १० प्रतिशत दिन संस्था सफल भएको छ भने जगेडा कोषमा ७२ लाख ८४ हजार र संरक्षित पुँजी फिर्ता कोषमा ५४ लाख ६३ हजार वितरण गर्न सफल भएको साधारणसभामा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्