नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं– नेपाल एसबिआई बैकले सेयरधनीलाई १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३१औं वार्षिक साधारण सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सो प्रस्ताव पारित गरेको हो ।
सभामा समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८०/०८१ वार्षिक आर्थिक विवरणलगायत पारित भएका छन् । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि’ को आ.व. २०८०/०८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
साधारण सभाले आ.व. २०८१/०८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति गर्न आवश्यक सहमति गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।