Logo

विद्युतीय ट्याक्सी ईभी इजीको बुकिङ खुला

काठमाडौं–सरिना जी टे्रडले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरीएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरेर बुकिङ गर्न सकिने सरिना जी ट्रेडका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गरि कम्पनीले यसबारे जानकारी दिएको हो । जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । इभीईजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने सरिना जी ट्रेडका म्यानेजिङ डाइरेक्टर सरिना श्रेष्ठ गुरुङले बताइन् । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ । एसी र डिसी दुवै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्