नाडाको कार्यसमिति पूर्ण «

नाडाको कार्यसमिति पूर्ण

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ । कृष्णप्रसाद दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो ।
निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल रहेको उक्त समितिको संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी र सुभाष आचार्य रहेका छन् । त्यसै गरी आकाश गोल्छा र करण चौधरी उपाध्यक्ष चयन भएका छन् । महासचिवमा सुनिल रिजाल निर्वाचित भएका छन् भने सचिबमा अनुप बराल चयन भएका छन् । सुरेन्द्रकुमार उप्रेति कोषाध्यक्ष बनेका छन् भने सहकोषाध्यक्षमा विक्रम सिंहानिया रहेका छन् ।
त्यसैगरी संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा धु्रववहादुर थापा र ऋषिकुमार ढकाल छन् । केन्द्रिय कार्यसमिति सदस्यहरुमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दिपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक निर्वा्चित भएका छन् ।
अध्यक्षबाट मनोनित हुने केन्द्रिय कार्यसमिति सदस्यहरुमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया छन् । अध्यक्ष दुलालले समग्र अटोमोवाइल व्यावसायलाई नयाँ उचाईमा पु¥याई स्थायी व्यवसाय र अटोमोवाईल व्यवसायलाई विस्तार गरेर उकास्नुपर्ने दायित्व रहेको बताए । उनले आगामी कार्यकालमा अटो व्यवसायलाई व्यावसायीक बनाउने र सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि सरोकारवाला निकायसँग छलफल गरेर जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम चलाउने साथै साना तथा ठूला व्यवसायीहरुलाई फेयर ट्रेडमा कसरी सहभागी गराउने भन्नेबारेमा अवधारणासहित अगडि बढ्ने सोच रहेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्