नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता
काठमाडौं– नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिकबीच सम्झौता सम्पन्न भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र डायग्नोस्टिकका प्रबन्ध निर्देशक रविन्द्र केसीले हस्ताक्षर गरे ।
यसबाट बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने जेनेरल प्याथोलोजी टेस्ट, मोलेक्युलर टेस्ट, आउटसोर्सिङ टेस्ट, युएसजी, इसिजी, इसिएचओ, एक्स रे लयायतका स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।