Logo

दुई कारोबारकर्मीलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार

काठमाडौं- मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार-२०८१ बाट दुई कारोबारकर्मी पुरस्कृत भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट कारोबारकर्मी सागर परियार र कौशिला कुँवर पुरस्कृत भएका हुन् ।

कृषि र उद्यमशीलताका क्षेत्रमा निरन्तर कलम चलाएको भन्दै मुक्तिनाथ विकास बैंकको १९ औ वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरिएको हाे । जसमा कारोबारका जुम्ला संवाददाता परियार प्रथम भए भने काठमाडौं संवाददाता कुँवर दोस्रो भएकी छिन् ।

विशेषगरी कृषि र उद्यमशीलता विकास, त्यस क्षेत्रका समस्या तथा समधान लगायतका विषयमा दुर्गममा बसेर पनि निरन्तर खबरदारीमुलक समाचारमार्फत समस्या उजागर गरेको भन्दै बैंकको छनोट समितिले प्रथम पुरस्कारका लागि परियारलाई छनोट गरेको हो । देशभरका ३७ जना पत्रकारले आवेदन दिएकोमा प्रथम सागर परियार जुम्ला, दोस्रो कौसिला कूँवर काठमाडौं र तेस्रोमा पाल्पाका माधवप्रसाद अर्याल पुरस्कृत भएका छन् ।

प्रथम दोस्रो र तेस्रो हुनेले क्रमश २५,२५ र १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । त्यस्तै चित्रकारहरु पनि पुरस्कृत भएका छन् । पुरस्कार हस्तान्तरण बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए । यसका साथै बैंकले वार्षिक उत्सवका अवसरमा ४५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्