Logo

भेडेटार खाना महोत्सव सम्पन्न

धनकुटा– धनकुटाको भेडेटारमा नयाँ वर्ष २०२५ को अवसरमा आयोजना भएको खाना महोत्सव सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारले आयोजना गरेको तीने दिने खाना महोत्सव बिहीबार सम्पन्न भएको हो ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टल रहेका थिए । महोत्सवमा नेपाल भारतसहित विभिन्न देशका पर्यटक भेडेटार आएका थिए ।

त्यस क्रममा पर्यटकले स्थानीय परम्परागत खानेकुराको स्वाद लिएका थिए । महोत्सवले पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्त्वपूर्ण उपलब्धी भएको होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्