नेप्से १८ अंकले बढ्यो

धितोपत्र बजारमा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से १८.२६ अंकले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अंकले बढेर २६०.६७ पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता सेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भयो ।
कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको सेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अंकले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बिमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बिमा १२.१३ र सामूहिक लगानी कोषको सेयर ०.१५ अंकले बढ्यो ।
कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर ८ करोड ४६ लाख ५ हजार २ सय १५ रुपैयाँमा खरिद बिक्री भयो । यस्तै नेको इन्स्योरेन्सको ३ करोड ७० लाख ९९ हजार ५ सय ९८रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ६६ लाख ६२ हजार १ सय ६८ रुपैयाँ, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख १२ हजार ६ सय ७२ रुपैयाँ, प्रभु बैंकको २ करोड ५८ लाख ६ हजार ३ सय ३१ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४७ लाख ६४ हजार ५ सय १८ रुपैयाँ, एनएमबी बैंकको २ करोड २७ लाख १ हजार ८१ रुपैयाँ, एनसीसी बैंकको १ करोड ८९ लाख ५८ हजार ४ सय ५१ रुपैयाँ, नेपाल बैंकको १ करोड ७९ लाख ७५ हजार ७ सय ९९ र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर १ करोड ६९ लाख ९३ हजार ८ सय ५० रुपैयाँमा खरिद बिक्री भयो ।
सोमबार बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । यस्तै एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६.२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.८१ प्रतिशतले कमाए ।
परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । यस्तै नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।