सानिमा बैंकको कार्डबाट बिग मार्टमा भुक्तानी गर्दा छुट
काठमाडौं– सानिमा बैंकले डिजिटल भुक्तानीलाई बढावा दिन बिग मार्टसँग क्यासब्याकसम्बन्धी सम्झौता गरेको छ । बिग मार्टमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक मिल्ने भएको हो ।
बिग मार्टका काठमाडौं उपत्यकाका ९८ सहित देशभरका १०७ आउटलेटमा यो अफर लागु हुनेछ । बैंकले हरेक भुक्तानीमा दश प्रतिशत क्यासब्याक मिल्ने बताएको छ । देशभर १३४ कार्यालय र १२५ एटीएसबाट सेवा दिइरहेको बैंकले अस्पताल, सपिङदेखि होटेलहरुमा कार्ड तथा अनलाइन भुक्तानीमा अफर दिइरहेको बताएको छ ।