एभरेस्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजीबीच सम्झौता
काठमाडौं– भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र एभरेस्ट बैंकबीच स्मार्ट पेमार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापश्चात् एभरेस्ट बैंकका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने बैंकले जनाएको छ ।
विगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) लि.ले स्मार्ट पे ब्रान्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो । यस सेवामार्फत बैंक वित्तीय संस्थालगायत रेमिट्यान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठूला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् ।