Logo

बालगायक सचिन परियारको निधन

काठमाडौं- बालगायक सचिन परियारको बिहीबार उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आईसीयु) मा उपचाररत परियारको निधन भएको अस्पतालले जनाएको छ ।

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्