यती एयरलाइन्सको योजना सार्वजनिक
काठमाडौं– नयाँ वर्ष सन् २०२५ को अवसरमा यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । यती ट्राभल कार्ड अघि सार्दै एयरलाइन्सले यो योजना घोषणा गरेको हो । यस योजना अन्तर्गत ग्राहकले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् ।
उक्त कार्डमार्फत् सदस्यले यतीले उडान भर्ने जुनसुकै गन्तव्यमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने बताइएको छ । एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुलाई मात्र लागु गरिएको छ । यतीले धेरै यात्रा गरिरहने व्यक्ति र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।