Logo

कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

काठमाडौं– कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ । बैंकले विगत ५ वर्षदेखि ग्राहकको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्यसुविधा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्