उद्यमशीलता विकासमा सहकार्य गर्न महासंघ र सनराइज बैंकबीच सहमति «

उद्यमशीलता विकासमा सहकार्य गर्न महासंघ र सनराइज बैंकबीच सहमति

मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
 महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले एक कार्यक्रमबीच महासंघ सचिवालयमा हस्ताक्षर गरेका थिए । महासंघ र सनराइज बैंकबीचको सहमतिअनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासँग सम्बन्धित जानकारीमूलक कार्यक्रमका साथै विशेषत महिलाहरूको उद्यमशीलता तथा महिला सशक्तीकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।सहकार्यबाट महिला उद्यमशीलता विकासमा थप सहयोग पुग्नुका साथै यस्ता अभिमुखीकरण कार्यक्रमको माध्यमबाट महासंघसँग आबद्ध संघ-संस्थाका उद्यमीहरू माझ बैंकिङ पहुच पुग्ने विश्वास लिइएको छ ।
अभिमुखीकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सोबापत प्राप्त हुने अनुदान बारेमा पनि जानकारी गराइने छ । सहमतिपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासंघका अध्यक्ष राणाले सनराइज बैंक र महासंघबीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्ने कार्यमा कोसेढुंगा हुने विश्वास व्यक्त गरे । आर्थिक रूपमा महिला शसक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै अध्यक्ष राणाले महासंघ र बैंकबीचको यो सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पु-याउने विश्वास प्रकट गरे । 
कार्यक्रममा महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र महासंघका महानिर्देशक धरणीधर खतिवडाले सहमतिपत्रमा उल्लेख भएका बुंदाहरूलाई अक्षरशः पालना गरी बैंकिङ पहुँच पुग्न नसकेका ठाउ“का महिलाहरूको आर्थिक सशक्तीकरणमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाए । सनराइज बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले महासंघसँगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताए । उनले केही वर्षअघि पनि महासंघसँग यस्तै सहकार्य भएको स्मरण गर्दै उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासँग सम्बन्धित जानकारीमूलक सूचनाहरूलाई लक्षित वर्गसम्म पु-याई लाभान्वित बनाउनुनै कार्यक्रमको प्रमुख ध्येय भएको स्पष्ट पारे । कार्यक्रममा महासंघको सामाजिक सेवा समितिका सभापति जयप्रसाद सिवाकोटी, महासंघ र सनराइज बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्