राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन «

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत, वीरेन्द्रनगरकोे उद्घाटन सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै एक समारोहकाबीच शुक्रबार उद्घाट्न गरेका हुन् ।
उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रावा बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र यो कार्यक्रम कर्णाली प्रदेशभरिका बैंकका सबै शाखाबाट सुरु गरिने बताए ।
कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री माननीय प्रकाश ज्वालाले बैंकहरूले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने बताए भने कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैंकले प्राथमिकताका साथ वित्तीय सेवा दिइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्