इरानका ५२ स्थान अमेरिकी निशानामा «

इरानका ५२ स्थान अमेरिकी निशानामा

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ५२ इरानी क्षेत्रलाई निशाना बनाउने चेतावनी दिएका छन् । यदि इरानले कुनै अमेरिकी नागरिक वा सम्पत्तिमा हमला ग-यो भने उसमाथि तीव्र रूपमा हमला गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।
राष्ट्रपति ट्रम्पको यो बयान इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि आएको हो । शुक्रबार अमेरिकाको एक हवाई हमलामा कमान्डर सुलेमानीको मृत्यु भएको थियो ।
यो घटनापछि इरानले सही समय र सही स्थानमा यसको बदला लिने बताएको थियो ।
जनरलको मृत्युपछि इरान अमेरिकी सम्पत्तिको निशाना बनाउने विषयमा ठूलै साहसका साथ बोलिरहेको ट्रम्पले ट्विटमार्फत बताएका छन् ।
अमेरिकाले यस किसिमका ५२ इरानी क्षेत्रलाई पहिचान गरेको छ जुन अत्यन्त महत्वपूर्ण छ र उसको संस्कृतिका लागि पनि महत्वपूर्ण रहेको ट्रम्पले बताएका छन् । “इरानका उक्त क्षेत्रहरू निशानमा छन् र यदि इरानले अमेरिकामाथि हमला ग-यो भने बहुत तीव्र तथा मजबुत रूपमा हमला गरिनेछ,”उनले बताए ।
अमेरिका थप धम्की नचाहने ट्रम्पले बताए ।
इराकको बगदाद एयरपोर्ट बाहिर शुक्रबार इरानको सैन्य कमान्डर जनरल कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका थिए ।
सुलेमानी बुहचर्चित कुर्दस फोर्सका प्रमुख थिए । यो फोर्सले इरानद्वारा विदेशमा गरिने सैन्य अभियानको गतिविधिको सञ्चालन गर्दै आएको थियो ।
सुलेमानी एक जासुसी अधिकारी तथा सैन्य अधिकारीको रूपमा इरानका लाग अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्