हवाई आक्रमणमा २८ विद्यार्थी मारिए «

हवाई आक्रमणमा २८ विद्यार्थी मारिए

त्रिपोली-लिबियाको राजधानी त्रिपोलीस्थित एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ जना विद्यार्थीको मृत्यु भएको छ ।
शनिबार अबेर त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ । सो आक्रमणबाट अरू १८ जना घाइते भएको पनि सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आक्रमण गरेको जनाइएको छ ।
उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयमा नै आक्रमण गरेको बताइएको छ । त्यो विद्यालयलाई नै लक्षित गर्नुको कारण अहिलेसम्म केही थाहा भएको छैन ।
राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीहरूको फोटो पोस्ट गरेको छ ।
घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । लिबियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्