ज्योति विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट
काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित ”दुसित थानी हिमालयन रिसोर्ट”मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस रिसोर्टले खाना तथा पेय पदार्थ, देवराना वेल्ल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा ज्योति विकास बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।
हालै बैंकले पोखरास्थित ”टिका रिसोर्ट”मा ३० प्रतिशत र ”अतिथी रिसोर्ट एण्ड स्पा”मा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, बैंकले खोटाङस्थित ”जाम्बाला रिसोर्ट”मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।