Logo

नेपाल फ्रेट फरवार्डस एसोसिएसनको अध्यक्षमा संग्रौला

काठमाडौं– नेपाल फ्रेट फरवार्डस एसोसिएसनको अध्यक्षमा राजेन्द्र संग्रौला निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी कार्यकालका लागि संग्रौलाको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति चयन भएको हो ।

नयाँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षमा नरेशकुमार अग्रवाल, उपाध्यक्षमा अशोकमान कपाली, महासचिवमा हरिप्रसाद ढकाल, कोषाध्यक्षमा इश्वरबहादुर गुरुङ, सचिवमा सुजनकुमार न्यौपाने, सह कोषाध्यक्षमा सञ्जिव अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै कार्यकारिणी समिति सदस्यहरूमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगाबहादुर राया, सञ्जिव शाक्य, राजेशचन्द्र प्रधानाङ्ग तथा प्रनुषा कार्की निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्