Logo

नेपाली उद्यम र उत्पादनको प्रदर्शनी तथा व्यापार मेला सुरु

काठमाडौं- नेपाली उद्यमको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी सुरु भएको छ । गएको शनिबारदेखि ‘देशभरका नेपाली उद्यम र उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला–२०८१’ आयोजना भएको हो ।

ललितपुरको सातदोबाटो–चापागाउँ दोबाटोमा रहेको उद्यमी घरमा यही पुस २२ गतेसम्म सञ्चालन हुने उक्त मेलाकाे उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरेका हुन् ।

प्रदर्शनीमा स्वदेशका घरेलु उत्पादन, स्थानीय कृषि तथा खाद्यान्न, हस्तकलाका सामग्री, वन पैदावरका उद्यम र विदेशी उद्यमका उत्पादन रहेका छन् । गाँजा, सिस्नो, ढाका, सुती, खादी, खद्दरका तयारी कपडा, जुत्ताचप्पल, ब्याग, गलैंचा, राडीपाखीलगायत सामग्री पनि प्रदर्शनीमा छन् ।

प्रतिक्रिया दिनुहोस्