विज्ञापन संघले मनायो २५औं वार्षिक साधारणसभा
![](https://www.karobardaily.com/wp-content/uploads/2024/12/AAAN.jpg)
काठमाडौं– नेपाल विज्ञापन संघले आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पहिलो सत्रमा सभामा कार्यसमितिका तर्फबाट संघका महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आयव्यय विवरणहरु बहुमतले पारित भएको संघले जनाएको छ ।
दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्ट: रिसेपिङ नेपाल्स एडर्भटाइजिङ ल्याण्डस्केप शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ– आफ्नो क्षेत्रको धारणा राखेका थिए ।