बिइङ ह्युमनको शोरुममा ९ करोड लगानी «

बिइङ ह्युमनको शोरुममा ९ करोड लगानी

दुई महिनाभित्र चितवन र हेटौंडामा शाखा विस्तार गर्ने योजना

पोखरा– नयाँ व्यवस्थापनका साथ बिइङ ह्युमनको शोरुम पुनः सञ्चालनमा आएको छ । आन्तरिक कारणले गर्दा केही समय बन्द रहेको उक्त शोरुम काठमाडौं र पोखरामा पुनः सञ्चालनमा आएको वस्त्र इन्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले बताए ।
केही समयअघि पर्याप्त सामानहरू नहुँदा अबरुद्ध भएको उक्त शोरुम हाल नयाँ व्यवस्थापनका साथ बिहीबारदेखि पोखरा ट्रेड मलमा पुनः सञ्चालनमा आएको उनले बताए । काठमाडौंमा करिब ४ महिनाजसो उक्त शोरुम आन्तरिक कारणले गर्दा बन्द हुन पुग्दा धेरै सलमन खानका फ्यानहरू पोखरामा सामान खरिद गर्न आए पनि सामानहरू नभएकाले उनीहरू रिक्तो हात समेत फर्किनु परेको उनले जनाए ।
उनले भने, “हामीले आफ्नो देशमा केही गरौं भनेर विश्व प्रख्यात ब्रान्डहरू हामीले भिœयाउने लक्ष्यमा साथ पहिला हामीले विइङ हुमनबाटै सुरु गर्छाैं, हामीले दुई महिनामा चितवन र हेटौंडामा यसको शाखा विस्तार गछौंं ।” आगामी दुई वर्षभित्र भाटभटेनी सहितका ठाउँमा गरी ४० वटासम्म शाखा विस्तार गर्ने महत्वकांक्षी योजना रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले जनाए । पोखराको शोरुममा हाल ७ सय ९९ देखि १५ हजार ९ सय ९९ रुपैयाँ मूल्यका मोजादेखि ज्याकेटहरू उपलब्ध छन् ।
बिइङ ह्युमनले करिब ५ सय विभिन्न सामान बजारमा ल्याए पनि पोखरामा भने आफूहरूले हाल ७० प्रकारका सामान उपलब्ध गराएको बख्रेलले बताए । उनका अनुसार आफ्नो ४ सदस्य एक समूहले काठमाडांैंसहित पोखराको शोरुम सञ्चालन गर्न करिब ९ करोड लगानी गरेको छ । गत वर्ष उक्त कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्र्ने शतप्रतिशत कर करिब ४० लाख कर तिरेको उनले जनाए ।
शारीरिक अपाङ्गता भएका मध्यहरूबाट एक जनालाई रोजगार दिने आफूहरूको योजना भएको अधिकृृत बख्रेलले जनाए । अन्य ब्रान्डलाई पनि अब आफूहरूले समेट्ने योजनामा रहेको उनले जनाए । गत वर्ष करिब ५ करोड मूल्यबराबरको उक्त ब्रान्डका सामानहरूको नेपालमा कारोवार भएको उनले जनाए । राजु थापासहितको टोलीमा सन्तोषचन्द्र बख्रेल, सुरज केसीसमेत आफ्नो टिममा रहेको प्रमुख कार्यकारी अधिकृत बख्रेलले बताए ।
बलिउडका सुपरस्टार सलमान खान संंरक्षक रहेको बिईगं ह्युमन फाउण्डेनसद्वारा सञ्चालित बिइङ ह्युमन क्लोथिङको नेपाल स्थित एकमात्र आधिकारीक विक्रेता वस्त्र इन्क प्रालि रहेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्