Logo

हिमालयन क्यापिटलको वित्तीय साक्षरता

काठमाडौं– हिमालयन क्यापिटलले कर्णाली प्रदेशका विभिन्न स्थानीस्य तहमा पुँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले दैलेखको भैरवी गाउँपालिका, सल्यानको कुमाख गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीलाई पुँजी बजार तथा लगानी व्यवस्थापनसम्बन्धी जानकारी दिएको हो ।

क्यापिटलका प्रमुख अनुपालन विभागका निमेषप्रसाद अधिकारीले सहभागी विद्यार्थीलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधन, पुँजी बजार, हितग्राही खाताको आवश्यकतालगायतका बारेमा जानकारी दिएका थिए । त्यसैगरी धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोस्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो

कार्यक्रमका सहभागी विद्यार्थीले लगानी अवसरको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता विषयमा जानकारी पाएको बताए ।

प्रतिक्रिया दिनुहोस्