पोखरामा पनि टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक «

पोखरामा पनि टीभीएस एनटर्क १२५ रेस एडिसन सार्वजनिक

एकै दिनमा ४० स्कुटर बिक्री

पोखरा-गण्डकी प्रदेशको राजधानी पोखरामा पनि टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक गरिएको छ । गण्डकी तथा धौलागिरी अञ्चलको आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालि नयाँबजार पोखरामा एक समारोहकाबीच बिहीबार अभिनेत्री स्वस्तिमा खड्का र जगदम्भा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, बतास ब्रदर्सका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रूपमा उक्त स्कुटरको अनावरण गरी सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै अभिनेत्री खड्काले पछिल्लो समयमा धेरै युवादेखि महिलाहरूका लागि निकै सेवा सुविधा सहितो उक्त स्कुटर बजारमा आएको बताइन् । उनले भनिन्, “तपार्इं पोखरेलीहरूको लागि टीभीएस एनटर्क १२५ रेस एडिसन बजारमा आएको छ, यसको प्रयोग गर्र्न सक्नुहुन्छ, सामाजिक सञ्जालमा मलाई स्कुटरको बारेमा धेरैले सकरात्मक कमेन्ट गर्नुभएको छ ।” प्रालिका उपाध्यक्ष अग्रवालले गण्डकी प्रदेशमा टीभीएसको स्कुटरले धेरै बजार ओगट्न सफल भएको दाबी गरे । उनले भने, “एक घर एक टीभीएस अभियानमा हामी छौं, हाम्रा उत्पादन बजारमा आउने अन्य सवारी साधनभन्दा केही बढी सुविधासहित हामी बजारमा नयाँ उत्पादन ल्याउछौं ।” बतास ब्रदर्सका कार्यकारी निर्देशक पराजुलीले उक्त स्कुटर सार्वजनिक गर्ने दिनमै ४० वटाभन्दा बढी स्कुटर बिक्री भएको बताए । स्कुटर बिक्री पछिको सेवालाई समेत आफूहरूले मध्यनजर गरी पाट्र्स र सर्भिस सेन्टर स्थापन गरिएको उनले जनाए । स्कुटर किन्ने ग्राहकहरलाई अभिनेत्री खड्काले चाबी हस्तान्तरण समेत गरेकी थिइएन् ।
उक्त स्कुटरमा रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प, हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्तीसमेत रहेको कम्पनीले जनाएको छ । जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिनेछ । स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध छ ।
नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो भने जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित भएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क १२५ को सार्वजनीकले नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन ल्याएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्