कजरिया टाइल्सको सिरेमिक टाइलको उत्पादन सुरु
काठमाडौं– कजरिया रमेश टाइल्सले ३००/४५० एमएम सिरेमिक टाइलको उत्पादन सुरु गरेको हो । यससँगै कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००/६०० एमएम र ६००/१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड टाइल्सका साथै ४००/४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ ।
कजरिया टाइल्सले नेपालभर १०० भन्दा बढी डिलर र वितरकको नेटवर्क निर्माण गरेको छ, जसले ग्राहकलाई कम्पनीका उत्कृष्ट उत्पादन सजिलै प्राप्त गर्न मद्दत पुर्याएको छ । यी टाइल नेपालमा नै उत्पादन हुने भएकाले उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्ने कम्पनीको दावी छ । यसैले कजरिया टाइल्सले आयातित भारतीय टाइलको तुलनामा २० देखि २५ प्रतिशत कम मूल्यमा उत्पादन उपलब्ध गराउने बताइएको छ । यसरि कजरिया टाइल्स नेपाली उपभोक्ता माझ किफायती र प्रिमियम विकल्पको रूपमा प्रस्तुत हुनेछ ।
सिरेमिक टाइलहरू आफ्नो विविधता, टिकाउपन, र मर्मतसम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानहरूमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाइल्सले विभिन्न डिजाइन, रङ, र साइजका विकल्प प्रस्तुत गर्दछ, जसले तिनीहरूलाई भान्सा, बाथरूम र बैठक कोठामा प्रयोग गर्न उपयुक्त बनाउँछ। दाग र मोइस्चर प्रतिरोध गर्न सक्ने क्षमताले तिनीहरूलाई आधुनिक घरहरूमा प्रयोगका लागि उपयोगी, आकर्षक र दीर्घकालिक प्रयोगको लागि उत्तम बनाउँछ ।