विविध कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइने

रामेछाप-माघ २ गते पर्ने २२औं भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी (पाण्डे) को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । सो अवसरमा कम्तीमा २ वटा भूकम्पप्रतिरोधि विद्यालय भवनको शुभारम्भ गर्ने, भूकम्प सुरक्षासम्बन्धी नमुना प्रदर्शन गर्ने निर्णय भएको छ ।
त्यसैगरी भूकम्प सुरक्षासम्बन्धी स्थानीय सञ्चार माध्यमले परिसंवाद कार्यक्रम आयोजना गर्ने र जिल्लाका सबै पालिकासँग भूकम्प सुरक्षा दिवसका अवसरमा गरिने कार्यक्रम माग गर्ने निर्णय भएको छ । वि.सं १९९०, २०४५ र २०७२ मा पटकपटक भूकम्प गएको भए पनि २०५५ सालदेखि मात्र भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।