विराटनगर महानगरपालिकालाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिकाको सौन्दर्यिकरण गर्न २ लाख रुपैयाँ सहयोग गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत रानी–बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियालीसहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको हो । महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकले प्रतिवद्धता पनि जनाएको छ ।