ज्योति विकास बैंक सम्मानित
काठमाडौं– ज्योति विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)द्वारा डिजिटल भुक्तानीमा उत्कृष्ठ अवार्डबाट सम्मानित भएको छ ।
एनसीएचएलको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सो अवार्ड प्रदान गरेका हुन् ।
बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधिमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको जनाएको छ ।
बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्मलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकहरूमा पहिलोपटकभ्वाइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ ।