Logo

एमालेले रावललाई पार्टी सदस्यबाट हटायो, विन्दा र उषाकिरणलाई ६ महिना निलम्बन


काठमाडौं– नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको एमालेका एक वरिष्ठ नेताले जानकारी दिए।
यस्तै रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट बाहिर राखिएको छ ।
एमालेको पाटी कार्यालय बनाइदिने व्यापारी मीनबहादुर गुरुङको विषयलाई तीनै जनाले आलोचना गरेका थिए । एमालेले तीनै जनालाई स्पष्टीकरण सोधेको थियो ।

पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर बुधबारको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्