Logo

नेपाल भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक

काठमाडौं– केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ ।

एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो । मन्त्री चौधरीले एनभीएलको लोगो अनावरण गरेका थिए । मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरेका हुन् । केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाइमा पुर्‍याउने लक्ष्यका साथ उडान स्लोगान राखिएको बताए ।

नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ को मार्च महिनामा सुरु हुनेछ । लिगमा देशभरका विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडीका साथै विभिन्न अन्तर्राष्ट्रिय खेलाडीको पनि सहभागिता रहनेछ ।

यो प्रतियोगिताले नेपालभरका उत्कृष्ट भलिबल खेलाडीको सहभागिता सुनिश्चित गर्नेछ र खेलाडीको लागि नयाँ अवसरको सृजना गर्नुका साथै नेपाली भलिबलको स्तरलाई थप नयाँ उच्चाइमा पुर्‍याउने लक्ष्य रहेको केडिया ग्रुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्