Logo

आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच सम्झौता

काठमाडौं– आईएमएस सफ्टवेयर र हिमालयन बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीद्वारा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, आईएमएस सफ्टवेयरले हिमालयन बैंकको प्वाइन्ट अफ सेल उपकरणमा अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयन गर्नेछ ।

यस प्रविधिको मुख्य विशेषता भनेको व्यापारीले म्यानुअल रूपमा रकम प्रविष्ट गर्नुपर्ने झन्झट हटाउनु रहेको कम्पनीको भनाइ छ । लेनदेन प्रक्रियालाई सजिलो बनाउनुका साथै सम्भावित त्रुटि कम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्